Logo
११ आश्विन २०८१, शुक्रबार
(August 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रायमाझी

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम देउवाले राष्ट्रिय सभा सदस्य रायमाझीलाई दलको नेता मनोनीत गरेका उनका निजी सचिव केशवराज जोशीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Aug 29, 2022

प्रतिक्रिया दिनुहोस्