Logo
११ आश्विन २०८१, शुक्रबार
(August 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गहृमन्त्री खाणले भने– राष्ट्रपतिको पत्रको सम्मान गर्छाैँ

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाणले विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सुझाव र सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताएका हुन् ।

राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उनले राष्ट्रपतिले पठाएको सन्देशउपर नै छलफल गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सांसदहरुले विधेयकउपर हालेको संशोधन प्रस्तावको विषयमा जिज्ञासा राखेका थिए । तर, गृहमन्त्री खाणले विधेयक पास गर्दा अस्वीकृत भएका संशोधन प्रस्तावमाथि छलफल नहुने बताए ।

प्रकाशित मिति: Aug 29, 2022

प्रतिक्रिया दिनुहोस्