Logo
११ आश्विन २०८१, शुक्रबार
(August 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनी चोकमा हिजो साँझ पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४५ वर्षीय शम्भु साह रहेका छन् ।

उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको बा ७१ प २९७ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित मिति: Aug 28, 2022

प्रतिक्रिया दिनुहोस्