Logo
११ आश्विन २०८१, शुक्रबार
(August 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सा र डोटीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पर्सा र डोटीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पर्साको ठोरी गाउँपालिका–४ सिकारी बाँस पुल नजिक सडकमा प्रदेश २–०३–०११ प १४८४ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–२ बस्ने ४५ वर्षीय जगदिप विस्ट रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोटीको बोग्टान फुड्सिल गाउँपालिका–७ फुल्लेढुङ्गास्थित सडकमा सु.प.प्र.०१००२ त ४७७६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने राम बहादुर भुलको १७ वर्षीय छोरा जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका एक जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Aug 25, 2022

प्रतिक्रिया दिनुहोस्