Logo
११ आश्विन २०८१, शुक्रबार
(August 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत प्रविण रमण पराजुलीले उद्घाटन गरेका थिए । नेशनल सेल्स हेड उमापती पोखरेलका साथै सिइओ पराजुलीले विगका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा गरेका थिए । उनिहरुले विगतको व्यवसायलाई समिक्षा गर्दै चालु आर्थिक वर्षमा कम्पनीले लिएका रणनीतिका विषयमा पनि जानकारी गराएका थिए ।

कार्यक्रमको उद्घाटन सत्र लगत्तै बैंकर तथा मोटिभेसन स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पुर्णमा मोटिभेसन प्रदान गरेका थिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ(आफ्नो काम प्रति उत्साहित बनाएका थिए ।

कार्यक्रमको पहिलो दिनमै नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाखका सहित विशेष सम्मान गरिएको थियो । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जय सरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथामा नेपाल लाइफको झण्डा फहराउदै नेपाल लाइफको फरफराएको भन्दै सम्मान गरिएको छ ।

कोभिड १९ का कारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा टप ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो । कम्पनीले दोस्रो दिन ‘लिडरसिप एक्सिलेन्सी अवार्ड फाल्कन एयर २०७९र८०’ कार्यक्रम सम्पन्न गरेको थियो । जसमा सहभागी सम्पुर्ण अभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिएको कम्पनीका विनोद भुजेलले जानकारी दिए । उक्त समान्नित मध्ये प्रत्येक वर्ष पहिलो दोस्रो तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतिय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । यो दुबै क्याटागोरीमा अवार्ड पाउनेलाई पुरस्कित गरिएको हो । कार्यक्रममा सहभागीहरु मध्ये मदन भट्ट, देवी प्रसाद जैसी र रक्षा महराले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको तेस्रो दिनमा भने सहभागीहरुमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । जसमा विभिन्न खेलकुदका कार्यक्रम आयोजना भएको थियो ।

 

प्रकाशित मिति: Aug 24, 2022

प्रतिक्रिया दिनुहोस्