Logo
११ आश्विन २०८१, शुक्रबार
(August 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन मापसे गरी सवारी चलाउने २०२ जना चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६२३ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २०२, लेन अनुशासन पालना नगर्ने ४७, रेड लाइटमा सावरी साधन चलाउने १०५, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ र नदेखिने गरी नम्वर प्लेट राख्ने २६ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार १५६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Aug 21, 2022

प्रतिक्रिया दिनुहोस्