Logo
११ आश्विन २०८१, शुक्रबार
(August 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छैटाैँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरू

भक्तपुर इङ्लिस स्कुल भक्तपुरको आयोजनामा छैटाैँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले गरे । उनले फ्रेण्डसिप फष्ट र कम्पिटिसन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको बताए । उनले स्कुलहररुबीच राम्रो सम्बन्धका लागि पनि प्रतियोगिता आयाेजना गरेकाे जनाए ।

प्रतियोगिता तीन वटा क्याटगोरीमा हुनेछ । सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्स गरी तीन वटा क्याटागोरीमा हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलबाट प्रतिश्पर्धी सहभागी भएका छन् । प्रतियोगिताको फाइनल खेल ८ भदौमा हुनेछ ।

प्रकाशित मिति: Aug 18, 2022

प्रतिक्रिया दिनुहोस्