Logo
११ आश्विन २०८१, शुक्रबार
(August 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुस्दीमाथि हमलाबारे इरानको टिप्पणी हास्यास्पद : बेलायत

उपन्यासकार सलमान रुस्दीमाथि भएको हमलामा उनी आफू नै जिम्मेवार भएको भन्ने इरानको भनाइप्रति बेलायतले आपत्ति जनाएको छ । ‘हमलाको लागि रुस्दी जिम्मेवार थिए भन्नु हास्यास्पद हो’, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले भने । यसअघि सोमबार इरानको विदेश मन्त्रालयले आक्रमण हुनुमा लेखक स्वयंम दोषी रहेको ठहर गरेको थियो ।

प्रवक्ताले पत्रकारहरूलाई भने, ‘सलमान रुस्दी आफूमाथि भएको यो घृणित आक्रमणको लागि कुनै पनि हिसाबले जिम्मेवार थिए भन्नु हास्यास्पद हो ।’

उनले अगाडि थपे, ‘ यो उहाँमाथिको आक्रमण मात्रै थिएन । यो अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रतामाथिको आक्रमण थियो । बेलायत सरकार उहाँ र उहाँको परिवारको पक्षमा उभिएको छ । तर, हामी विश्वव्यापी रूपमा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा उभिन्छौं ।’
यसअघि इरानी सञ्चार माध्यमहरुले रुस्दीका आक्रमणकारीको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति: Aug 16, 2022

प्रतिक्रिया दिनुहोस्