Logo
११ आश्विन २०८१, शुक्रबार
(August 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देशबारे संसदमा आज जानकारी गराइने

k|ltlglw;efsf] a}7s
k|ltlglw;efsf] z’qmaf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /Tg >]i7, /f;;

नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज मंगलबार प्रतिनिधिसभामा जानकारी गराइने भएको छ । सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको संभावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्बिचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।

सोमबार राष्ट्रपति भण्डारीले आफूसमक्ष प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्बिचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको थियो ।

मंगलबार राष्ट्रपति कार्यालयको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । पत्रबारे मंगलबार सदनलाई जानकारी गराउने संभावित कार्यसूची आएको हो ।
राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । पत्रमा १५ वटा सन्देश पठाइएको छ ।

प्रकाशित मिति: Aug 16, 2022

प्रतिक्रिया दिनुहोस्