Logo
११ आश्विन २०८१, शुक्रबार
(August 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएकोप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण

नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

तरुण दलले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिले अनेक बहाना र प्रपञ्च गरेको आरोप समेत लगाएको छ ।

‘प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिले नागरिकता विहिन नेपाली जनता माथि अपमान गरेको जनाउँदै तरुण दलले उक्त कार्यको घोर निन्दा र भत्र्सना गरेको छ ।

‘राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकता विहिन नागरिकहरुलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठीत हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरु फेरी अन्धकारको भुमरीमा धकेलिएका छन्,’ तरुण दलले भनेको छ ।

पदको मर्यादामा नरहेका कारण राष्ट्रपतिले राजीनामा दिन उचित हुने सुझाव तरुण दलले दिएको छ । राजीनामा नदिएमा राष्ट्रपतिलाई महाअभियोगबाट पदच्यूत गर्न संसद र सरकारसँग तरुण दलले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Aug 15, 2022

प्रतिक्रिया दिनुहोस्