Logo
१० आश्विन २०८१, बिहीबार
(August 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको जुगेडीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी २४ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो ।

ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Aug 11, 2022

प्रतिक्रिया दिनुहोस्