Logo
१० आश्विन २०८१, बिहीबार
(August 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापोरिज्जिया आणविक संकटबारे सुरक्षा परिषद्को बैठक

The flags of the 193 UN Member States fly at the Palais des Nations, seat of the UN Office at Geneva, after completion of the renovation of the entrance path to the Palais, known as “Allée des drapeaux” (meaning “”Flags Way””).

युक्रेनको जापोरिज्जिया आणविक परिसरमा जारी संकट समाधान गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ ।

रुस र युक्रेनले एकअर्कालाई बम विष्फोट गरेको आरोप लगाइरहेका बेला बिहीबार आपत्कालीन बैठक बस्न लागेको हो । रुसको अनुरोधमा परिषद्को बैठक बस्न लागेको हो । रुस परिषदको स्थायी सदस्य हो । रुस बाहेक बेलायत, चीन, फ्रान्स र अमेरिका पनि परिषद्का स्थायी सदस्य हुन् ।

मंगलबार रुसले गरेको एक शक्तिशाली विस्फोटमा विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । उक्त विस्फोट दक्षिणपूर्वी युक्रेनको जापोरिज्हिया पावर प्लान्टनजिकै भएको थियो । यो प्लान्ट युरोपकै सबैभन्दा ठूलो मानिन्छ । रुसी सेनाको हमलाले अन्तर्राष्ट्रिय समुदायलाई त्रसित बनाएको छ ।

प्रकाशित मिति: Aug 11, 2022

प्रतिक्रिया दिनुहोस्