Logo
१० आश्विन २०८१, बिहीबार
(August 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठकमा महेश बस्नेतले मागे महान्यायाधिवक्ता खातीको राजीनामा

एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने माग गरे ।

सांसद बस्नेतले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास, भक्तपुरको चाँगुनारायण इन्जिनियरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको, बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिलाई महान्याधिवक्ता खातीले मुद्दा कमजोर पार्ने काममा लागेको आरोप लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरे ।

 

प्रकाशित मिति: Aug 10, 2022

प्रतिक्रिया दिनुहोस्