Logo
९ मंसिर २०८१, आईतबार
(August 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रान्समा विद्यालयमा स्कार्फमा लगाइएको प्रतिबन्धको राष्ट्रसंघीय समितिले गर्‍याे निन्दा

फ्रान्सले एक महिलालाई स्कुलमा पढ्दा टाउकोमा स्कार्फ लगाउन प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय अधिकार सन्धिको उल्लंघन गरेको राष्ट्रसंघीय समितिले फैसला गरेको छ । यो कदमले नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धलाई तोडेको राष्ट्रसंघीय मानवअधिकार समितिले जनाएको हो ।

सन् १९७७ मा जन्मेकी फ्रान्सेली नागरिकले सन् २०१६ मा दायर गरेको उजुरीपछि राष्ट्रसंघीय मानवअधिकार समितिले उक्त फैसला गरेको हो । निवदेन दिने महिलाको नाम गोप्य राखिएको छ ।

ती महिला सन् २०१० मा वयस्कहरूको लागि व्यावसायिक प्रशिक्षण कोर्समा थिइन् । उनले एक अन्तर्वार्ता र प्रवेश परीक्षा पास गरेकी थिइन् । तर, सार्वजनिक शैक्षिक संस्थाहरूमा धार्मिक प्रतीकहरू लगाउन प्रतिबन्ध लगाएको कारणले पेरिसको दक्षिणपूर्वी उपनगरमा रहेको लान्गेभिन वालोन हाई स्कूलका प्रधानाध्यापकले उनलाई प्रवेश दिन अस्वीकार गरे ।

प्रकाशित मिति: Aug 4, 2022

प्रतिक्रिया दिनुहोस्