Logo
९ आश्विन २०८१, बुधबार
(August 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: Aug 2, 2022

प्रतिक्रिया दिनुहोस्