Logo
९ आश्विन २०८१, बुधबार
(July 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान, आत्महत्या गर्ने ३४ जना

वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ ।

साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण (ह्दयघाट समेत) र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन् ।

यस्तै, ३१ जनाको सडक दुर्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो ।

 

प्रकाशित मिति: Jul 31, 2022

प्रतिक्रिया दिनुहोस्