Logo
९ आश्विन २०८१, बुधबार
(July 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर ५७७ कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८२ स्वाब परीक्षण गर्दा ५७७ जनामा कोरोना पुष्टि भएको हो । आज दुई हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा र एक हजार ८०८ जनाको एन्टिजन परीक्षण गर्दा १८६ जनामा कोरोना देखिएको हो ।

यस्तै संक्रमणबाट थप दुई जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ।

शुक्रबार कोरोनाबाट २६९ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या चार हजार ३५६ पुगेको छ ।

प्रकाशित मिति: Jul 29, 2022

प्रतिक्रिया दिनुहोस्