Logo
९ आश्विन २०८१, बुधबार
(July 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका ४४ वर्षीय देव कुमार मोक्तानसहित ६ जना छन् । मोक्तानको घेन्टुक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने पासा श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–२ घर भई हाल भक्तपुर कौशलटार बस्ने २८ वर्षीय बुद्धि बहादुर बुढाथोकीसहित ९ जना छन् । उनीहरुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र १९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति: Jul 27, 2022

प्रतिक्रिया दिनुहोस्