Logo
८ आश्विन २०८१, मंगलबार
(July 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमाको वृक्षारोपण अभियान : ३२ हजार ६ सय ७६ बिरुवा रोपियो

हिमा गाउँपालिकाले सुरू गरेको वृक्षारोपण अभियानका क्रममा ३२ हजार ६ सय ७६ बिरुवा रोपिएकाे छ । गाउँपालिकाकाे नीति तथा कार्यक्रमअन्तर्गत बिरुवा रोप्ने अभियान चलाइएकाे हाे ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार विभिन्न स्थानमा सल्लो, देवदार, धुपी, ढटेलो, पिपल र किमुका बिरुवा रोपिएका छन् । हिमा गाउँपालिका-१ देवारगाउँको देवलढुंगा र भित्रीखोलामा ६ हजार तीन सय बिरुवा रोपिएका छन् । वडा नम्बर १ आचार्यलिहीको भित्री खोला जलविद्युत क्षेत्रमा तीन हजार ६ सय र वडा नम्बर १ बड्की पानीमुलको माथी नाङ्गा डाँडामा पनि बिरुवा रोपिएका छन् । विभिन्न स्थानमा गरी ३२ हजार ६ सय ७६ बिरुवा रोपिएकाे गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाको नीति कार्यक्रमअन्तर्गत ग्रिन रोड, ग्रिन रिभर अन्तर्गत एक आर्थिक बर्षमा ५० हजार बिरुवा रोप्ने योजना छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार पाँच बर्षीय कार्यकालमा दुई लाख ५० हजार बिरुवा रोपिनेछ ।

प्रकाशित मिति: Jul 26, 2022

प्रतिक्रिया दिनुहोस्