Logo
८ आश्विन २०८१, मंगलबार
(July 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रमको राजनीति नगर्न एमालेलाई कांग्रेस सूर्यविनायकको चेतावनी

नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा कांग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर आएको थियो । साे समाचार प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस सूर्यविनायकले आफ्ना कुनै नेता कार्यकर्ता एमालेमा प्रवेश नगरेको दाबी गरेको हो ।

कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेलले प्रेस विज्ञप्ति जारी गर्दै एमाले प्रवेश गरेका भनिएका राजेन्द्र त्वातीलाई पार्टीले कारवाही गरी साधारण सदस्यबाटसमेत निस्कासन गरिसकेको जानकारी दिए । ‘त्वातीले गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले पार्टीले तत्कालै साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले कारवाही गरिसकेका नेता कार्यकर्तालाई कांग्रेसकै नेता कार्यकर्ता जस्तो गरी प्रचार गरिएको समाचारप्रति कांग्रेसले आपत्तिसमेत जनाएको छ । पार्टीले कारबाही गरिसकेका जोकोहीलाई स्वतन्त्र बस्ने वा अन्य दलमा जाने छुट भएको जनाउँदै विज्ञप्तिमा भ्रमको राजनीति नगर्न एमालेलाई चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति: Jul 25, 2022

प्रतिक्रिया दिनुहोस्