Logo
८ आश्विन २०८१, मंगलबार
(July 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्चको फैसला

पैगम्बर मुहम्मदको बारेमा टिप्पणी गरेको आरोपमा भाजपाकी निलम्बित प्रवक्ता नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ । उनीविरुद्ध दायर भएका मुद्दाको फैसलामा सर्वोच्चले सो निर्णय गरेको हो । सर्वोच्च अदालतले अगस्ट १० मा नुपुर शर्माको निवेदनमाथि सुनुवाइ गर्ने र त्यसबेलासम्म नयाँ मुद्दा दायर गर्न नपाइने जनाएको छ ।

दिल्ली, महाराष्ट्र, तेलंगाना, पश्चिम बंगाल, कर्नाटक, उत्तर प्रदेश, जम्मु कश्मीर र असमलाई उनको मुद्दामा जवाफ दिन भनिएको छ । नुपुर शर्माका वकिलले सर्वोच्च अदालतमा जुलाई १ गते अदालतको आदेशपछि उनको ज्यानको खतरा बढेको बताएका छन् ।

उनको सुरक्षामा बढ्दो खतरा छ । कुनै पनि मात्राको सुरक्षाले उनलाई मद्दत गर्न सकेन । अहिले वास्तविक खतरा छ । बंगालमा पनि उनीविरुद्ध एफआईआर छ’, नूपुर शर्माका वकिल मनिन्दर सिंहले भने ।

जुलाई १ गतेको सुनुवाईमा सर्वोच्च अदालतले नुपुर शर्माले आफ्नो टिप्पणीबाट देशमा तनाव पैदा गरेकोमा माफी माग्नुपर्ने भनेको थियो । ‘ देशमा के भइरहेको छ त्यसको लागि यी महिला एक्लै जिम्मेवार छन्’ न्यायाधीशहरूले भनेका थिए।

प्रकाशित मिति: Jul 20, 2022

प्रतिक्रिया दिनुहोस्