Logo
८ आश्विन २०८१, मंगलबार
(July 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रि यादवद्वारा स्थलगत निरीक्षण सरकारी जडीबुटी उत्पादन कम्पनीलाइ समस्या रहित बनाउछु

संघिय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले काठमाण्डौको कोटेश्वरमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सोमबार स्थलगत निरिक्षण गरेका छन् ।

कम्पनिको केन्द्रीय कार्यालयमा पुगेर स्थलगत अवलोकन र निरिक्षण गर्दै उनले त्यहाँका कर्मचारीहरुसँग कम्पनिको अवस्था बारे जाानकारी लिदै कम्पनिको उत्पादन, प्रसोधन कक्षहरूको अवलोकन गर्नुका साथै कम्पनीमार्फत सन्चालित क्रियाकलाप, उत्पादन, वितरण र त्यहाँका समस्याका विषयमा जानकारी पनि लिए ।

यादवले राष्ट्रियसँगै अन्तराष्ट्रिय बजार समेतमा आफ्नो उत्पादन विक्री वितरण गरिरहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई समस्या रहित बनाउने प्रतिबद्धता पनि जनाउदै उनले भने – अतिक्रमणको समस्या देखि उत्पादन वृद्धि र करको विषयमा उठाईएका विषयहरुलाई गम्भीरता पूर्वक लिएको र यसलाई समाधान गर्न आजैदेखि काम सुरु गर्ने ।

प्रकाशित मिति: Jul 18, 2022

प्रतिक्रिया दिनुहोस्