Logo
८ आश्विन २०८१, मंगलबार
(July 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखामा बोलेरोको ठक्करबाट २३ वर्षीया महिलाको मृत्यु

गोरखाको अजिरकोट गाउँपालिका–३ मा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी अजिरकोट गाउँपालिका–२ वलाङ निवासी २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

भच्चेकबाट गोरखातर्फ आउँदै गरेको बा०३प ४८१५ नम्बरको मोटरसाइकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग१ज ४८८६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षका मनराज गुरुङ समान्य घाइते भएका छन् । उनको भच्चेक स्वास्थ्य चौकीमा उपचार भएको छ । बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी लामिछानेले बताए ।

 

प्रकाशित मिति: Jul 18, 2022

प्रतिक्रिया दिनुहोस्