Logo
८ आश्विन २०८१, मंगलबार
(July 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नुवाकोटको लिखु गाँउपालिका छहरेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानिय अन्दाजी २७ बर्षीय करण केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २७ बर्षका अनिस श्रेष्ठलाई उपचारको लागी काठमाडौंस्थित ग्राण्डी अस्पताल टोखा पठाइएको छ ।

काठमाडौंबाट छहरे तर्फ जादै गरेको ना ६२ प ९५२१ नम्बरको मोटरसाइकल गएराती पौने १ बजे अनियन्त्रीत भइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।

प्रकाशित मिति: Jul 17, 2022

प्रतिक्रिया दिनुहोस्