Logo
८ आश्विन २०८१, मंगलबार
(July 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु, उपसभामुख चयन गरिँदै

प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ । शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

यसपछि फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ । उक्त बैठक सभामुख चयन प्रक्रियामा प्रवेश गरेको छ । गठबन्धनका तर्फबाट उपसभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको नाम प्रस्ताव गरिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका हुन् ।

एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन् । भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी छन् ।

प्रकाशित मिति: Jul 15, 2022

प्रतिक्रिया दिनुहोस्