बेलायती प्रधानमन्त्री बन्ने दौडमा ऋषि सुनक शीर्ष स्थानमा
भारतीय मूलका ऋषि सुनक बेलायतको आगामी प्रधानमन्त्री बन्ने दौडमा एक कदम अगाडि बढेको र बिहीबार भएको इलिमिनेशन राउण्डको दोस्रो मतपरिणाममा पनि सुनक १०१ मतका साथ अग्रस्थानमा छन् यसका साथै भारतीय मूलकी अर्की नेता सुएला ब्रेभरम्यान यस राउण्डबाट बाहिरिएकी छन् ।
बेलायतको प्रधानमन्त्री बन्न ऋषि सुनकसामु सबैभन्दा ठूलो चुनौती कन्जरभेटिभ पार्टीमा आफ्नो नेतृत्व स्थापित गर्ने हो र वास्तवमा कन्जरभेटिभ पार्टीमा नेता छान्ने प्रक्रियामा एउटा समिति संलग्न छ ।
नेता छनोट, मनोनयन, निष्कासन र अन्तिम चयनका लागि तीन चरणको प्रक्रिया हुन्छ जसमा मनोनयन राउण्डमा सुनक अग्रपंक्तिमा थिए ।
इलिमिनेशन राउन्डको अर्को मतदान जुलाई १८ मा हुनेछ जो यस चरणको अन्तिम मतदान जुलाई २१ मा हुनेछ।
ऋषि सुनकको जन्म बेलायतको ह्याम्पशायरमा भएको र उनका आमाबुवा पञ्जाबका बासिन्दा थिए, जो विदेशमा बसेका थिए । उनले अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए गरेका छन् । ऋषि भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसका सह-संस्थापक नारायण मूर्तिका ज्वाइँ पनि हुन् ।
ऋषि सन् २०१५ मा पहिलो पटक सांसद निर्वाचित भएके र सन् २०१८ मा उनी स्थानीय सरकारमा मन्त्री बनेका थिए । प्रधानमन्त्री बोरिस जोनसनको चुनावी अभियानमा ऋषिले महत्वपूर्ण भूमिका खेलेको र धेरै पटक बोरिसको स्थानमा ऋषिले टिभी बहसमा भाग लिएका थिए ।