Logo
८ आश्विन २०८१, मंगलबार
(July 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–९ मा गएराती दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

सुदुरपश्चिम प्रदेश ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल र से ७ प ११४७ नम्बरको मोटरसाइकल गएराती सवा १० बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भिर घाइते भएका ११४७ नम्बरका मोटरसाइकल चालक कैलालीकै कैलारी गाउँपालिका–८ का २२ वर्षीय राम अपतार कठरियाको उपचारको क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका अर्का मोटरसाइकल चालक सहित तीन जनालाई उपचारको लागि विभिन्न अस्पताल पठाइएको छ ।

घाइते मध्ये ११४७ नम्बरको मोटरसाइकल पछाडि सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: Jul 13, 2022

प्रतिक्रिया दिनुहोस्