Logo
९ मंसिर २०८१, आईतबार
(July 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोलम्बोमा फेरि विशाल प्रदर्शन

औपचारिक रूपमा आज पदबाट राजीनामा भनेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स पुगेपछि राजधानी कोलम्बोमा फेरि पद्रर्शन सुरु भएको छ । उनी बुधबार बिहान सेनाको विमानमा माल्दिभ्सको राजधानी माले पुगेका थिए ।

उनीविरुद्ध व्यापक प्रदर्शन भइरहेका बेला आज बिहान माल्दिभ्स पुगेका छन् । उनलाई मालेको वेलाना विमानस्थलमा माल्दिभ्स सरकारका प्रतिनिधिले स्वागत गरेका थिए ।

गोटाबाया राजापाक्षे माल्दिभ्स भागेको खबर बाहिरिएसँगै उनको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारी श्रीलंकाको राजधानी कोलम्बोमा सडकमा उत्रिएका छन् । भीडलाई तितरबितर गर्न सुरक्षा बलहरूले पानीको फोहोरा प्रयोग गरेको थियो ।

राष्ट्रपति राजापाक्षे, उनकी पत्नी र दुई अंगरक्षकहरू कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको विमान चढेका थिए । उनका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेका छन् । राजापाक्षेले सेनासँग एउटा विमानको लागि अनुरोध गरेपछि सेना राष्ट्रपतिलाई विमान उपलब्ध गराउन ‘बाध्यकारी’ भएको थियो । राजापाक्षे राष्ट्रपतिको रूपमा फौजको सर्वोच्च कमाण्डर हुन् ।

प्रकाशित मिति: Jul 13, 2022

प्रतिक्रिया दिनुहोस्