Logo
७ आश्विन २०८१, सोमबार
(July 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नामिबियाविरुद्ध नेपाल टस हारेर ब्याटिङमा

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेसँगै सुरुवाती ब्याटिङ गर्ने भएको छ ।

त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्ड पुगेको नेपालले नामिबियाविरुद्ध खेल्न लागेको हो । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ । नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।

शृंखलाको पहिलो खेलमा नेपाल सुखद् सुरुवातको दाउमा छ । प्रतियोगिताअघि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको थियो ।

यसअघि नेपालले नामिबियासँग पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो ।

विश्वकप लिग २ को तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । नेपालले लिग २ मा अझै २० खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ८ खेलमा पराजय बेहोरेको थियो ।

नामिबियाविरुद्ध नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसिर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी

प्रकाशित मिति: Jul 11, 2022

प्रतिक्रिया दिनुहोस्