Logo
९ मंसिर २०८१, आईतबार
(July 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकाका प्रधानमन्त्रीले पनि राजीनामा दिने

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने भएका छन् । सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री विक्रमासिंघले सर्वदलीय सरकार बन्ने तयारी गरेसँगै आफूले राजीनामा दिने बताएका छन् ।

राजीनामा माग गर्दै प्रदर्शनकारीले शनिबार राति प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी गरेका थिए । यसअघि राष्ट्रपति महिन्दा राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारी राष्ट्रपति निवास छिरेका थिए । प्रदर्शनकारी छिरेपछि राष्ट्रपति सुरक्षित क्षेत्रतर्फ भागेका थिए ।

राष्ट्रपति राजापाक्षेले राजीनामा दिने घोषणा गरिसकेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन् । राष्ट्रपति राजापाक्षे जुलाई १३ मा राजीनामा गर्न सहमत भएको सभामुखले जानकारी दिए ।

प्रकाशित मिति: Jul 10, 2022

प्रतिक्रिया दिनुहोस्