अमेरिका-बेलायतको खुफिया एजेन्सीले चेतावनी दियो चीन पश्चिमका लागि सबैभन्दा ठूलो खतरा
अमेरिका र बेलायती गुप्तचर निकाय एफबीआई र एमआई ५ का प्रमुखले चीनलाई चेतावनी दिएका छ र लामो समयदेखि पश्चिमा मुलुकका लागि चीन सबैभन्दा ठूलो खतरा रहेको बताए ।
दुवै गुप्तचर प्रमुख पहिलो पटक एकसाथ आएर चीनको बढ्दो खतराबारे विश्वलाई चेतावनी दिएका र बेलायती गुप्तचर एजेन्सी M१५ प्रमुख केन म्याकलमले भने’ हाम्रा जासूसहरूले द्दण्ज्ञड को तुलनामा चीनमा ठ गुणा बढी अनुसन्धान गरिरहेका छन्’ ।
चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो फाइदाको लागि अन्य देशको लोकतान्त्रिक, मिडिया र कानुनी प्रणालीमा चासो राख्छ ।
यहाँ एफबीआई प्रमुख क्रिस रेले भने – चीनको कम्युनिष्ट पार्टी तीव्र गतिमा एकाधिकारतर्फ उन्मुख छ । यो हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो । चीनले हाम्रो प्रविधि चोर्न खोजिरहेको छ । हाम्रो व्यापार र बजार पनि कब्जा गर्न चाहन्छ ।
बेइजिङले ती आरोपहरूलाई पूर्णतया आधारहीन भन्दै अस्वीकार गरेको छ। बेलायतस्थित चिनियाँ दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्ज-सका बारेमा चेतावनी दिइएको छ, ती तथाकथित मामिलाहरू निराधार छन् । चीनको राजनीतिक प्रणालीलाई ध्वस्त पार्न उनीहरूले चीनबारे सबै किसिमका झूट फैलाइरहेका छन् ।