Logo
७ आश्विन २०८१, सोमबार
(July 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

१९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

प्रशिक्षणका क्रममा दुःखद् घटना भएको भन्दै मन्त्री अथकले नगरकोटेलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । यस्तै, घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकलबोन (ब्युटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया भएको थियो ।

शल्यक्रियासँगै रेणुका करिब १० साता मैदान बाहिर हुने भएकी छिन् । यस्तै, घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपसमेत रेणुकाले गुमाउने छिन् ।

 

प्रकाशित मिति: Jul 7, 2022

प्रतिक्रिया दिनुहोस्