Logo
७ आश्विन २०८१, सोमबार
(July 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ख्वप : कलेजमा ह्वाट एफ्टर प्लस टु म्यानेजमेन्ट हुने

भक्तपुरको ख्वप : कलेजमा ह्वाट आफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि के पढ्ने) विषयमा परामर्श कार्यक्रम हुने भएको छ ।
शनिबार बिहान ११ बजे दस जोड दुई पास गरेपछि के पढ्दा के के हुन्छ भन्ने परामर्श कार्यक्रम हुने जनाइएको छ ।

कलेजका प्राचार्य रुपक जोशीले व्यवस्थपन विषय लिई स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि मागदर्शन गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कार्यक्रममा विज्ञहरुले व्यवस्थापनका विषयहरू के के छन् ?, कहाँंकहाँं पढ्न पाइन्छ ? पढेपछि के के हुन पाइन्छ ? यसका स्कोप केके छन् ? आदि विषयमा जानकारी विद्यार्थीले पाउने उनको भनाइ छ ।

परामर्शका कार्यक्रममा सहभागी हुन विद्यार्थीले फारम भर्नुपर्ने छ । विद्यार्थी अनि अभिभावकहरुको मागलाई मध्यनगर गरी कार्यक्रम चलाउन लागेको जनाइएको छ । भविष्यमा साइन्स, मानविकी, शिक्षाशास्त्र, कानुनलगायतका विषयमा पनि यस्तो कार्यक्रम राख्ने योजना रहेको कलेजले जानकारी गराएको छ ।

प्रकाशित मिति: Jul 7, 2022

प्रतिक्रिया दिनुहोस्