Logo
७ आश्विन २०८१, सोमबार
(July 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० किशोरलाई श्रामणेर प्रब्रज्या प्रदान

मुनि विहार (श्री धर्म्मोत्तम महाविहार) इनाचो भक्तपुरमा थाइल्याण्डका १९औँ राजगुरूको संरक्षणमा सामूहिक प्रब्रज्या तथा उपसम्पदा भएको छ । प्रमुख धर्मगुरु संघनायक भिक्षु बोधिसेन महास्थिवर तथा उपप्रमुख भिक्षु विपस्सी महास्थिवरको समुपस्थितिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा वयस्कद्वय गोविन्द अधिकारी तथा रामानन्द अहिरलाई उपसम्पदा दिक्षा अर्थात पूर्ण भिक्षु दिक्षा प्रदान गरियो । कार्यक्रममा अरू २० किशोरलाई पनि श्रामणेर प्रब्रज्या प्रदान गरियो । जसमध्ये निकट भविष्यमा १७ जना थइल्याण्डमा बुद्धधर्मको उच्च शिक्षा हासिल गर्न जानमा छानिएका हुन् ।

हाल यस मुनि विहारमा ८० जना प्रब्रजितहरूलाई जीवनयापन(आवास, भोजन, वस्त्र, उपचार) निःशुल्क प्रदान गरिरहेको छ । यस विहारमा भक्तजनहरूले स्वेच्छाले प्रायः दिनहुँ दानपुण्य भइरहेकाे छ । भक्तजनको दीर्घायु, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै पूजापाठ गरिन्छ ।

प्रकाशित मिति: Jul 6, 2022

प्रतिक्रिया दिनुहोस्