दुई मन्त्रीको राजीनामाले बेलायतमा राजनीतिक संकट
प्रधानमन्त्री बोरिस जोन्सन सरकारका दुई मन्त्रीले अचानक राजीनामा दिएपछि राजनीतिक संकट बढेको छ यो मंगलबार राति अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएका छन् ।
दुई मन्त्रीले राजीनामा दिएपछि जोनसनले नदिम जाहवीलाई नयाँ अर्थमन्त्रीमा नियुक्त गरेका छन् ।
योसँगै बेलायती क्याबिनेटका चीफ अफ स्टाफ स्टिभ बार्स्लेलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको छ ।
उनले सरकार छाड्दा दुःख लागेको तर मन्त्री पदमा यसरी काम गर्न नसक्ने बताए र उही समयमा, जाविदले लगातार काण्डहरू पछि जोनसनको शासन गर्ने क्षमतामाथि प्रश्न उठाए ।
जोनसनले सांसद क्रिस पिन्चरलाई उपप्रमुख सचेतक नियुक्त गरेको आरोप पनि सामना गरिरहेका र यौन दुर्व्यवहारको गुनासोपछि बिहीबार राजीनामा दिएका थिए ।
जोनसनले मंगलबार स्वीकार गरेर माफी मागेको केही मिनेटमै दुवै मन्त्रीले राजीनामा दिएका थिए ।
कोरोनाका कारण बेलायतमा लकडाउन र कडा प्रतिबन्ध लगाइएका बेला जोनसनमाथि हाउस पार्टी गरेको आरोप लागेको थियो ।