Logo
९ मंसिर २०८१, आईतबार
(July 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्वेमा इस्लाम विरोधी नेतालाई ठक्कर दिँदा कार पल्टियो

नर्वेको राजधानी ओस्लोमा कुरान जलाएको केही समयपछि इस्लाम विरोधी समूहका नेताको कार ठोक्किएर पल्टिएको  र यस घटनामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ परेका दुई मध्ये एक जना चालक रहेको प्रहरीले जनाएको छ ।

ती दुईमाथि कट्टरपन्थी समूह स्टप द इस्लामाइजेसन अफ नर्वेुका नेता लार्स थोर्सनको एसयूभीलाई जानीजानी ठक्कर दिएको आरोप छ ।

केही इस्लाम विरोधी कार्यकर्ताहरूले पहिले जलिरहेको कुरान स्क्वायरमा राखे र त्यसपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए ।

पछि ठूलो संख्यामा मानिसहरू यहाँ भेला भए र त्यसपछि एउटी महिलाले जलिरहेको पुस्तक उठाइन्।

एक साताअघि नर्वेको राजधानी ओस्लोमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए र यो घटना सहरमा वार्षिक ‘प्राइड परेड’का क्रममा भएको हो ।

प्रकाशित मिति: Jul 5, 2022

प्रतिक्रिया दिनुहोस्