Logo
७ आश्विन २०८१, सोमबार
(July 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीको पोल्टामा

लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ ।

फाइनल खेलमा मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हराउदै एक्स–गोर्खा कास्कीले उपाधि जितेको हो । उपाधिसहित एक्स गोर्खाले ३० हजार पुरस्कार जितेको छ ।

प्रतियोगितामा उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स–गोर्खाकी झरना राई, सर्वाधिक गोलकर्ता मिनाङ लाङ्घालीकी सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताकी मनिषा थापामगर घोषित भएका छन् ।

उनीहरूले जनही एक हजार पुरस्कार पाएकाे आयोजक लमजुङ फुटसलका संचालक केशबहादुर रानाले बताए ।

प्रतियोगितामा लमजुङसहित काठमाडौं, कास्की र तनहुँका गरी ८ टिमको सहभागिता रहेको थियो ।

जिल्लामा पहिलो पटक हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल भन्ने नाराका साथ प्रथम महिला फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति: Jul 5, 2022

प्रतिक्रिया दिनुहोस्