निहुरो टिप्न गएका नेपाली पुरुष माथि गोली प्रहार
लुम्बिनी प्रदेशको बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडिया माथि गोली प्रहार भएको हो ।
गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा फोन गरि आफन्तीलाई बोलाईएको थियो । राति नै उनलाई एम्बुलेन्समा गुलरिया अस्पताल ल्याइएको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय बर्दियाले बताको छ ।
स्रोतका अनुसार भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका गरिएको छ । कतरनिया वन्यजन्तु आरक्ष भएको कारण अनधिकृत रुपमा जंगल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको आशंका गरिएको छ । उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।