Logo
७ आश्विन २०८१, सोमबार
(June 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयरल्यान्डमाथि भारतको ‘क्लिन स्वीप’

हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दोस्रो तथा अन्तिम टी २० खेलमा आयरल्यान्डलाई चार रनले पराजित गर्दै शृंखला ‘क्लिन स्वीप’ गरेको छ । पहिलो खेल भारतले सात विकेटले जितेको थियो । २२६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रनमा समेटियो ।

कप्तान एन्ड्री बलबर्नीले ६० रन जोडे । पउल स्टर्लिङले ४० रन बनाए । ह्यारी टेक्टरले ३९ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले समान १ विकेट लिए ।

यसअघि डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५ रनको योगफल तयार पार्‍याे ।

भारतका दीपक हुडाले आक्रामक ब्याटिङ गर्दै ५७ बलमा १०४ रन बनाए । यस्तै, सञ्जु स्यामसनले ७७ रन जोडे । घरेलु टोली आयरल्यान्डका मार्क आदिरले सर्वाधिक ३ विकेट लिए ।

प्रकाशित मिति: Jun 29, 2022

प्रतिक्रिया दिनुहोस्