Logo
६ आश्विन २०८१, आईतबार
(June 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोर्डनमा विषालू ग्यास चुहावट : १० जनाको मृत्यु, २५१ घाइते

जोर्डनको अकाबा बन्दरगाहमा एउटा ट्याङ्करबाट विषालू ग्यास लिक हुँदा कम्तीमा १० जनाको मृत्यु र २५१ जना घाइते भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार सोमबार अबेर राति अकाबा बन्दरगाहमा एक ट्याङ्करले क्लोरिन ग्यास बोकेको क्रेन नजिकै पुगेपछि विस्फोट भएको थियो।

घटनापछि मानिसहरु आफ्नो ज्यान जोगाउन दौडिरहेको देखिएको छ ।

रिपोर्टका अनुसार घटनाको समयमा बन्दरगाहमा करिब २५ टन क्लोरिन ग्यास भण्डारण गरिएको र जहाजमा सिलिन्डर लोड गरिरहँदा भुइँमा खसे र ठूलो विष्फोट भएको थियो ।

अकाबा स्वास्थ्य विभागका प्रमुख जमाल ओबेदियतले भने “हामी शहरका मानिसहरूलाई अर्को आदेश नभएसम्म घरमै बस्न अपील गर्दछौं। यदि समस्या बढी छ भने घरका झ्याल ढोका पूरै बन्द राख्नुहोस्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरेका छौं ।”

प्रकाशित मिति: Jun 28, 2022

प्रतिक्रिया दिनुहोस्