Logo
६ आश्विन २०८१, आईतबार
(June 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसले युक्रेनी सपिङ मलमा मिसाइल आक्रमण : १६ को मृत्यु

रुसले युक्रेनी सहर क्रेमेन्चुकको एउटा सपिङ मलमा मिसाइल प्रहार गर्दा १६ जनाको मृत्यु र ५९ जनाभन्दा बढी घाइते भएका छन् ।आक्रमणकोे समयमा एक हजारभन्दा बढी मानिस मलमा उपस्थित थिए।

मंगलबार बिहान युक्रेनका आपत्कालीन सेवाका प्रमुखले आक्रमणको जानकारी दिएका अनुसार २५ जनालाई अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ, मृत्यु हुनेको संख्या बढ्न सक्छ ।
रुस र युक्रेनबीचको युद्ध मंगलबार १२३औँ दिन पनि जारी छ र युक्रेनी अधिकारीहरूले लिसिचेन्स्कका मानिसहरूलाई आफ्नो घर छाड्न र सुरक्षित स्थानमा जान आग्रह गरेका छन्, किनकि रुसी सेना धेरै नजिक आइपुगेका छन् ।

 

प्रकाशित मिति: Jun 28, 2022

प्रतिक्रिया दिनुहोस्