Logo
६ आश्विन २०८१, आईतबार
(June 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको टेक्सास सहरमा ट्रकमा ४६ आप्रवासीको शव भेटियो

सोमबार अमेरिकाको टेक्सास सडक छेउमा पार्किङ गरेको ट्रकमा ४६ आप्रवासीको शव फेला परेको र ट्रकमा एक सयभन्दा बढी यात्रु सवार थिए ।

जानकारी अनुसार अस्पतालमा १६ जनालाई भर्ना गरिएको छ, जसको अवस्था चिन्ताजनक रहेको बताइएको छ, प्रहरी टोली घटनास्थलमा पुगेर उनीहरुलाई बाहिर निकाल्दा उनीहरुको छाला तातो थियो ।

अमेरिकामा दक्षिणी सीमा नाकाबाट अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ पर्ने आप्रवासीको संख्या लगातार बढेको र यस वर्ष यो संख्या विगत १० वर्षमा सबैभन्दा बढी रेकर्ड गरिएको थियो ।

अत्याधिक गर्मीका कारण ट्रकको कन्टेनरको तापक्रम बढेर मानिसहरु गर्मीको सिकार भएको बताइएको छ ।

मेक्सिको सीमाबाट करिब २५० किलोमिटर टाढाबाट आएको १८ पाङ्ग्रे ट्रक टेक्सासको सान एन्टोनियो सहरमा फेला परेको र यसमार्फत अवैध रुपमा सीमा नाका हुँदै आएको थियो ।

टेक्सासका गभर्नर ग्रेग एबोटले यी मृत्युका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएको कारण एबटले घातक खुला सीमा नीतिका कारणले यो मृत्यु भएको बताए ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले पीडितको नागरिकताबारे अहिलेसम्म कुनै जानकारी नभएको बताएको र उनीहरुको पहिचान गर्न दूतावासका अधिकारीहरु घटनास्थल पुगेका छन् ।

सान एन्टोनियो प्रहरी विभागका प्रमुख विलियम म्याकमानुसले तीन जनालाई हिरासतमा लिईयो ।

 

प्रकाशित मिति: Jun 28, 2022

प्रतिक्रिया दिनुहोस्