Logo
६ आश्विन २०८१, आईतबार
(June 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमा बन्न लागेकी आलिया भट्ट भन्छिन् – छिट्टै हाम्रो बच्चा आउँदैछ

सामाजिक सञ्जालमा अभिनेत्री आलिया भट्टले अस्पतालबाट तस्बिर शेयर गर्दै गर्भवती भएको उनले आफैंले घोषणा गरेकि छिन् । आलियाले अस्पतालको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो बच्चा छिट्टै आउँदैछ’।

तस्बिरमा उनले अल्ट्रासाउन्ड गराइरहेकी छिन्, जसमा उनीसँगै श्रीमान् रणवीर पनि देखिएको र हाल उनीहरु लण्डनमा छन् । यो खबर आउने बित्तिकै उद्योग क्षेत्रदेखि उनका फ्यानसम्म सबैले उनलाई बधाई दिइरहेका छन् ।

रणवीर र आलियाले यही वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । सन् २०१७ मा फिल्म ब्रह्मास्त्रको सेटमा भेटिएपछि दुवैले एकअर्कालाई डेट गर्न थालेका थिए । उनीहरुले ५ वर्षको डेटिङपछि विवाह गरेका हुन् ।

प्रकाशित मिति: Jun 27, 2022

प्रतिक्रिया दिनुहोस्