तेक्वान्दोका निर्णायक अशोक खड्का कोरिया जाँदै
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् ।
२९ जुनदेखि ६ जुलाईसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनीत भएका छन् । विश्व तेक्वान्दो (डब्लुटी) ले मनोनित गरेको अशोकले जनाएका छन् ।
क्याडेटको प्रतियोगिता २८ देखि ३१ जुलाई तथा जुनियरको २ देखि ७ अगष्टसम्म बुल्गेरियाको सोफियामा हुँदै छ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनीत हुने अशोक एक्लो हुन् ।