Logo
६ आश्विन २०८१, आईतबार
(June 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन

नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक वार्मअप खेल खेल्नेछ । भिसा प्रक्रियाको कारण खेल निर्धारित समयमा नहुने पक्का भएको हो ।

नेपाली टिम हालै अमेरिकाबाट एक दिवसीय श्रृंखला खेलेपछि स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक श्रृंखला खेल्ने तयारीमा छ ।

जहाँ नेपालले क्यानडामा दुई एकदिवसीय र दुई टी-२० खेल्ने तय भएको थियो ।

नेपाली टिम १ जुलाईमा वान्टारियो क्रिकेट एकेडेमीसँग वार्मअप म्याच खेल्नेछ । त्यसपछि ४ र ५ जुलाईमा नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्नेछ ।

यसपछि नेपालले स्कटल्याण्ड र नामेवियासँग त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखला खेल्नेछ।

प्रकाशित मिति: Jun 26, 2022

प्रतिक्रिया दिनुहोस्