Logo
६ आश्विन २०८१, आईतबार
(June 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, बारा, दैलेख र मोरङमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा प्र.३–०१–००६ ख ३४७४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ फटकसिला बस्ने ३९ वर्षीया लिलामाई दनुवार रहेका छन् । उनको मंगलबार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कलैया उपमहानगरपालिका–२७ मौजेरामपुरमा ना.२८ प.७७६८ र ना.३४ प ७९२२ नम्बरको दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ना.३४ प ७९२२ नम्बरको मोटरसाइकलमा सवार करैयामाई गाउँपालिका–१ बस्ने २२ वर्षीय तबरेज आलम रहेका छन् ।

दैलेखको भगवतीमाई गाउँपालिका–७ खोरस्थित सडकमा क.प्र.०२–००१ त ०२४८ नम्बरको ट्रयाक्टर मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय जगत बहादुर विक रहेका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित सडकमा प्रदेश १ –०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीया बिमला खड्का रहेकी छन् ।

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका–११ स्थित सडकमा को.३३ प ४२४१ नम्बरको मोटरसाईकल मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार ३० वर्षीया देव कुमारी श्रेष्ठ रहेकी छन् ।

प्रकाशित मिति: Jun 22, 2022

प्रतिक्रिया दिनुहोस्