Logo
६ आश्विन २०८१, आईतबार
(June 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीको भागी विवाह गरेकी युवती बेपत्ता

सुदुर पश्चिम प्रदेश स्थित  बैतडीको सिगास गाउँपालिका-८ की विवाहित युवती बेपत्ता भएकी छन् । शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी रमेश बोहराकी १८ वर्षीया श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी हुन् । घरबाट रोपाइँका लागि हिँडेकी बोहरा दिउँसोदेखि बेपत्ता भएको रमेश बोहराले बताए ।

शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।

विवाहित युवतीका माइती पक्षले भने रमेश बोहराले भगाएर लगेको र बोहराकै परिवारले सकुशल खोज्नुपर्ने बताउँदै आएका छन् । ‘दुई महिना पहिले भगाएर लगेको हो, घरपरिवारमा झगडा पनि हुने गर्दथ्यो, उनीहरूले नै खोज्नुपर्छ,’ बेपत्ता सरस्वतीका बावु बहादुर महराले भने ।

प्रकाशित मिति: Jun 19, 2022

प्रतिक्रिया दिनुहोस्