Logo
६ आश्विन २०८१, आईतबार
(June 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशिघ्र सम्बोधन गर्छौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ । यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोन गरिने कुरा मा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने ।

सम्बोधनका क्रममा उनले प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन आव्हान गरेका थिए ।

‘तपाईँहरुले विदेशमा थुप्रै विकास देख्नुभएको छ । आउनोस् हातेमालो गरौं, नेपाललाई हाम्रो जिवनमा एउटा सभ्य विकसित मुलुक बनाई छोडौं,’ प्रधानमन्त्री देउवाले भने ।

प्रकाशित मिति: Jun 16, 2022

प्रतिक्रिया दिनुहोस्