Logo
५ आश्विन २०८१, शनिबार
(June 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाको विधान सम्मेलन स्थगित

आन्तरिक विवाद बढेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को विधान सम्मेलन स्थगित भएको छ ।

असार २ गतेका लागि यसअघि नै तोकिएको विधान सम्मेलन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

‘अर्को सूचना नभएसम्मका लागि विधान सम्मेलन अहिलेका लागि स्थगित भएको छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले भने ।

उनका अनुसार अध्यक्ष यादवसहित सङ्‍घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नयाँ मिति तय गर्ने जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: Jun 15, 2022

प्रतिक्रिया दिनुहोस्