Logo
५ आश्विन २०८१, शनिबार
(June 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

मकवानपुर, कैलाली र बाँकेबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरबाट करिब १६ केजी गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–१ मुङरीकोट बस्ने ३४ वर्षीय कुमार घ्यावा समेत ३ जना छन् । उनीहरुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

रजैयाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.१ ज १६५६ नम्बरको माईक्रो बसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाबाट प्रहरीले ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ घर भई सोही उपमहानगरपालिका–५ हसनपुरस्थित मालिका मोवाईल ग्यालरी संचालन गरी बस्ने २८ वर्षीय सुरत चौधरी रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१ धम्बोजी चोक बस्ने २६ वर्षीय सुनिल पासी छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: Jun 15, 2022

प्रतिक्रिया दिनुहोस्